क्रिप्टोकरेन्सी
विश्वबजारमा निकै हलचल मच्चाइरहेको क्रिप्टोकरेन्सी आजकाल सबैको चासोको विषय बनेको छ । क्रिप्टोकरेन्सी के हो, यसको खरिद बिक्री कसरी हुन्छ, यसको मुल्य कसरी बढछ लगाएतको कुरा हर जनमानसमा सुनिने गरेको छ । तर नेपालको सन्दर्भमा भने नेपाल राष्ट्र बैंकले गत साउन २९ गते क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गरेको थियो । त्यसपछी केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले यसको कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको छ । गैरकानूनी काममा धेरै प्रयोग हुने साथै पैसाको कुनै स्रोत देखाउन नपर्ने र करको दायरामा पनि नआउने हुनाले विश्वका केहि देशले यसलाई अवैध घोषणा गरेको छ भने केहि देशले यसलाई कानूनी मान्यता पनि दिएको छ ।

के हो क्रिप्टोकरेन्सी ?
साधारण भाषामा बुझ्दा क्रिप्टोकरेन्सीलाई डिजिटल मुद्रा भन्दा हुन्छ । यसको कुनै भौतिक रुप हुँदैन तर मुद्राले गर्ने सबै काम यसले गर्दछ । यस किसिमको डिजिटल मुद्रा कुनै बैंकको खातामा जम्मा भएर बस्दैन यो सबै Block Chain नेटवर्कको Ledger मा जम्मा भएर बस्दछ । यसको कारोबार गर्दा केहि कुरा खुलाउनु पर्दैन केवल कारोबार गर्न वालेट आइडी मात्र भए पुग्छ ।

क्रिप्टोकरेन्सीहरु के के हुन ?
विश्वबजारमा निकै महंगौ मानिएको एक क्रिप्टोकरेन्सी हो, बिट्कोइन । सबै भन्दा पुरानो क्रिप्टोकरेन्सी पनि यहि नै हो । सन् २००९ मा एउटा विट्कोइनको मुल्य २० सेन्ट रहेको थियो जसको मुल्य हालको अमेरिकी डलर अनुसार नेपाली २० रुपैयाँ रहेको थियो तर अहिले एउटा बिट्कोइनकाे मुल्य करिब १० हजार अमेरिकी डलर अथात् १० लाख नेपाली रुपैया रहेको छ । यस लगायत Either, Gravity Coin, Bitcoin Cash, LiteCoin लगायतका डिजिटल मुद्रा पनि यहि क्रिप्टोकरेन्सी अन्तर्गत पर्दछन् । तर विश्वमा अति रुचाइएको र अत्यधिक मुल्य बढेको क्रिप्टोकरेन्सी बिट्कोइन नै हो । त्यसैले यो क्रिप्टोकरेन्सी अरु भन्दा बढि लोकप्रिय छ ।

READ
Best Cloud Storage Services in 2026: Top 10 Secure Cloud Storage Providers Compared

क्रिप्टोकरेन्सी माइनीङ
साधारणतया क्रिप्टोकरेन्सी माइनिङ गरेर कमाउन सकिन्छ । क्रिप्टोकरेन्सीको कारोबार Block Chain Network मार्फत् हुने गर्दछ । यसको कारोबारलाई सुरक्षीत र सहज बनाउन विश्वरभर रहेका मानिसले आफ्नो कम्प्युटर पावरको सहायता लिइ यसको कारोबार सफल र सुरक्षीत बनाउने गर्छन । सो गरे वापत् उनिहरुले केहि रकम प्राप्त गर्छन । यसले अति जटिल अंक गणितीय हिसावलाई हल गरि कारोबार सम्पन्न गर्ने गर्दछ । जसलाई माइनिग भनिन्छ ।

 

 

क्रिप्टोकरेन्सीको मुल्य कसरी निर्धारण हुन्छ ?
साधारण अर्थशास्त्रको सिद्धान्तअनुसार कुनै पनि बस्तुको मुल्य त्यसको माग र पुर्तिले निधारण गर्दछ । त्यसतै क्रिप्टोकेन्सीको मुल्य निर्धारण पनि यसको माग र पुर्तिले नै निधारण गर्दछ जसमा उपभोक्ता विश्वास, यसको खरिद विक्री दर र यसमा लगानी गरिएको रकमले यसको मुल्य निर्धारण हुन्छ ।

क्रिप्टोकरेन्सीको आतंक, कम्प्युटर भाइरस देखि व्राउजर माइनिग सम्म
विश्वभरमा रहेको कम्प्युटर ह्याकरेले आजकाल भाइरस बनाएर विश्वमा धेरै देशमा बसोबास गर्ने मानिसको कम्प्युटर ह्याक गरि उनिहरुलाई थाहा नै नदिइ माइनिङ गरिरहेका हुन्छन । जसबाट उनिहरुले ठुलो मात्रामा रकम कमाइरहेका छन् । यसबाट कप्म्युटर चलाउने मानिसको GPU Power को प्रयोग गरि ह्याकरहरुले आफ्नो लागि माइनिङ गरिरहेका हुन्छन् । अझ विभिन्न Website ह्याक गरि व्राउजर माइनिङ पनि गरिरहेको यदाकदा सुनिन आउने गरेको छ । भर्खरै अनलाइनखबर पनि यसको सिकार बन्नपुगेको थियो ।

कसरी बच्ने ?
साधारणतया यदि तपाइको कम्प्युटर अलि धेरै तात्ने, फ्यानको निकै ठुलो आवाज आउने गरेको छ भने कम्प्युटरको Task Manager मा गएर यसको अवलोकन गर्न सकिन्छ । जसबाट के कुरामा कति पावर प्रयोग भएको छ हेर्न सकिन्छ । यदि कुनै Website खोल्दा धेरै मात्रामा CPU Power प्रयोग भएको छ त्यसबाट माइनिज भएको छ कि छैन भनेर थप अध्ययन गर्न सकिन्छ ।


Buy ExpressVPN with PayPal or Credit Card
READ
What Is ChatGPT Live? Everything You Need to Know About OpenAI's New Real-Time Voice Experience

यसरी विश्वबजारमा तहल्का मचाइरहेका क्रिप्टोकरेन्सीहरु क्रमश नेपालीको पनि चासोको विषय बन्न पुगेको छ । यसबारे जनचासो पनि बढ्न थालेको छ । तर नेपाल जस्तो विकासोन्मुख देखका नागरिकहरु प्रविधिको अभावको कारण ह्याकरहरुको निसानामा पर्दै आएका छन् । यसको बारेमा जानकारी लिइ यसबाट बच्न सबैलाई जनचेतनात्मक कार्यक्रम राज्य तवरबाट सुरु गर्न आवश्यक भैसकेको छ ।

Advertisement